अनेरास्ववियु महाधिवेशन : ड्रोन उडाएर ओलीले गरे उद्घाटन
२ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरे । काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो । एमालेले चितवनको १०औं महाधिवेशनलाई पनि प्रविधिमा हाइटेक विधि अपनाएको थियो ।
यसअघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने बताएकी थिइन् । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।
भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
उद्घाटन समारोहमा यसअघि अखिलको नेतृत्व सम्हालिसकेका एमाले महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलगायतका नेता सहभागी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply