कुशल भुर्तेलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित
२ फागुन, काठमाडौं । कुशल भुर्तेलको शतकले प्रेरित नेपालले विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले २८६ रनको लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो । यो नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै २५४ रनको लक्ष्य चेज गरेको थियो ।
नेपालका लागि ११३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित ११५ रनको शानदार शतकीय इनिङ खेले । यस्तै, कप्तान रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे । त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए । नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक तीन–तीन विकेट लिए ।
पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले ११८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले १३६ मा ९ चौका र पाँच छक्कासहित १३३ रन बनाएर पेभेलियन फर्के । यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । कुशल मल्लले गरेको ३७ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए ।
त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलात्कारको अभियोगपछि ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए । उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए। करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए ।
यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिए । गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो । नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ । यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply