ग्यास सिलिण्डर पड्किँदा कांग्रेस सांसद भण्डारी र आमा घाइते
४ फागुन,काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट भएको छ ।
बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ का संघीय सांसद भण्डारीको घरमा सिलिण्डर विष्फोट हुँदा उनी र आमा जलेर घाइते भएका हुन् । भण्डारी र उनकी आमा दुवै जनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।
अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ । घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन् । उनले दुवै जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।
अस्पतालबाट भर्खर फर्किएको छु । ग्यास सिलिण्डर बिष्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छ’, उनले भनेका छन् । उनले दुवै जनाको स्वास्थलाभका लागि कामना समेत गरेका छन् । डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए । उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply