एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास हुँदैछ : ओली

५ फागुन, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको उनलद्धे बताएका छन् ।
आज (शुक्रबार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ अभियानको भर्चुअल्ली शुभारम्भ गर्दै ओलीले त्यस्ता दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरु अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरु, अस्वस्थ विधिहरु अपनाउन सक्छन, उनले भने ।
पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने अध्यक्ष ओलीको भनाइ छ । आगामी चार वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply