एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास हुँदैछ : ओली
५ फागुन, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको उनलद्धे बताएका छन् ।
आज (शुक्रबार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ अभियानको भर्चुअल्ली शुभारम्भ गर्दै ओलीले त्यस्ता दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरु अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरु, अस्वस्थ विधिहरु अपनाउन सक्छन, उनले भने ।
पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने अध्यक्ष ओलीको भनाइ छ । आगामी चार वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले स्पष्ट पारे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply