राष्ट्रपति चयनको विषय सहमति भइसकेको कुरा हो : उपमहासचिव ज्ञवाली

६ फागुन, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई जगैदेखि बलियो बनाउने काममा लाग्न विशेष कमिटी अन्तर्गतका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
एमालेले हिजो फागुन ५ गतेदेखि शुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत विशेष प्रदेश कमिटीका नेताहरूलाई अभिमुखीकरण गर्दै पार्टीका संगठनहरूलाई सुदृढ बनाउँदै पार्टीलाई जगैदेखि बलियो बनाउने काममा क्रियाशील हुन निर्देशन दिएका हुन् ।
उपमहासचिव ज्ञवालीले मुलुकमा राजनीतिक स्थायित्वका लागि एमाले प्रयासरत रहेको र अस्थिरता चाहनेहरू वाह्यशक्तिको समेत जोडबलमा असफल पार्न लागिपरेको बताएका छन् । उनले पार्टी सत्तामा रहे पनि नरहे पनि जनताप्रतिको निष्ठामा विचलित नहुने सन्देश जारी ग्रासरुट अभियानबाट दिनुपर्नेमा जोड दिएका छन् ।
मुलुकमा राजनीतिक अस्थिरता भइरहेकै कारण समाजमा अराजकताको मनोबल बढेको बताउँदै केही दिनअघि काठमाडौंको गोंगबुस्थित नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटको घटना त्यसकै परिणाम भएको चर्चा गरे ।
उनले राष्ट्रपति चयनको कुरा सहमति भइसकेको विषय भए पनि राष्ट्रिय सहमतिको कुराले माओवादी केन्द्रको मुड बदलिएको हो कि भन्ने सन्देश गएको र त्यसको निरन्तर असर देखिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अहिले राष्ट्रिय हितमाथि चुनौतीको अवस्था रहेको, नयाँ सरकार गठनबाट पुँजी बजारमा उत्साह देखिए पनि मुलुकको आर्थिक सङ्कटमै रहेको र जनतामा निराशा रहेको बताउँदै यी विषयलाई चिरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । एमालेका गैरभूगोलका दुई विशेष कमिटी छन् । ती कमिटी अन्तर्गत करिब ५२ हजार सदस्य संगठित रहेको एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply