राष्ट्रपति चयनको विषय सहमति भइसकेको कुरा हो : उपमहासचिव ज्ञवाली
६ फागुन, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई जगैदेखि बलियो बनाउने काममा लाग्न विशेष कमिटी अन्तर्गतका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
एमालेले हिजो फागुन ५ गतेदेखि शुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत विशेष प्रदेश कमिटीका नेताहरूलाई अभिमुखीकरण गर्दै पार्टीका संगठनहरूलाई सुदृढ बनाउँदै पार्टीलाई जगैदेखि बलियो बनाउने काममा क्रियाशील हुन निर्देशन दिएका हुन् ।
उपमहासचिव ज्ञवालीले मुलुकमा राजनीतिक स्थायित्वका लागि एमाले प्रयासरत रहेको र अस्थिरता चाहनेहरू वाह्यशक्तिको समेत जोडबलमा असफल पार्न लागिपरेको बताएका छन् । उनले पार्टी सत्तामा रहे पनि नरहे पनि जनताप्रतिको निष्ठामा विचलित नहुने सन्देश जारी ग्रासरुट अभियानबाट दिनुपर्नेमा जोड दिएका छन् ।
मुलुकमा राजनीतिक अस्थिरता भइरहेकै कारण समाजमा अराजकताको मनोबल बढेको बताउँदै केही दिनअघि काठमाडौंको गोंगबुस्थित नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटको घटना त्यसकै परिणाम भएको चर्चा गरे ।
उनले राष्ट्रपति चयनको कुरा सहमति भइसकेको विषय भए पनि राष्ट्रिय सहमतिको कुराले माओवादी केन्द्रको मुड बदलिएको हो कि भन्ने सन्देश गएको र त्यसको निरन्तर असर देखिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अहिले राष्ट्रिय हितमाथि चुनौतीको अवस्था रहेको, नयाँ सरकार गठनबाट पुँजी बजारमा उत्साह देखिए पनि मुलुकको आर्थिक सङ्कटमै रहेको र जनतामा निराशा रहेको बताउँदै यी विषयलाई चिरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । एमालेका गैरभूगोलका दुई विशेष कमिटी छन् । ती कमिटी अन्तर्गत करिब ५२ हजार सदस्य संगठित रहेको एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply