राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छन् : महासचिव पोखरेल

१० फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले महासचिव शंकर पोखरेलले आसन्न राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुने दावी गरेका छन् । निर्वाचनमा जीत–हार स्वभाविक हो । पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन, महासचिव पोखरेलले भने, तर यस पटक पनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा ढुक्क छौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले राष्ट्रपति एमालेबाटै हुने दावी गरेका हुन् । सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम अगाडि सारेका छन् ।
राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ । नेपाल एमालेबाट समर्थित राष्ट्रपतिका उम्मेदवार बनेमा कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन टुट्ने छ । नेपाललाई माओवादी केन्द्रले समर्थन गर्छ वा गर्दैन, त्यो अझै स्पष्ट छैन ।
एमाले–एकीकृत समाजवादीबीच एकता गर्ने शर्तमा ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेका हुन् । यी दुई पार्टीबीच एकता भएको खण्डमा प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्न सक्छ । किनकी त्यो एकतापछि कांग्रेसलाई उछिन्दै एमाले सबैभन्दा ठूलो दल बन्ने सम्भावना बढ्ने छ ।
सबैभन्दा ठूलो दल बनेसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएमा एमाले संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुनेछन् । त्यसैले, कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन तोडिने र सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री समेत बन्ने गरी ओलीले नेपाललाई पार्टी एकता गर्ने शर्तमा राष्ट्रपतिमा प्रस्ताव गरेका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply