राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुन्छन् : महासचिव पोखरेल
१० फागुन, काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले महासचिव शंकर पोखरेलले आसन्न राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुने दावी गरेका छन् । निर्वाचनमा जीत–हार स्वभाविक हो । पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन, महासचिव पोखरेलले भने, तर यस पटक पनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा ढुक्क छौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले राष्ट्रपति एमालेबाटै हुने दावी गरेका हुन् । सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम अगाडि सारेका छन् ।
राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ । नेपाल एमालेबाट समर्थित राष्ट्रपतिका उम्मेदवार बनेमा कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन टुट्ने छ । नेपाललाई माओवादी केन्द्रले समर्थन गर्छ वा गर्दैन, त्यो अझै स्पष्ट छैन ।
एमाले–एकीकृत समाजवादीबीच एकता गर्ने शर्तमा ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेका हुन् । यी दुई पार्टीबीच एकता भएको खण्डमा प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्न सक्छ । किनकी त्यो एकतापछि कांग्रेसलाई उछिन्दै एमाले सबैभन्दा ठूलो दल बन्ने सम्भावना बढ्ने छ ।
सबैभन्दा ठूलो दल बनेसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएमा एमाले संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुनेछन् । त्यसैले, कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन तोडिने र सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री समेत बन्ने गरी ओलीले नेपाललाई पार्टी एकता गर्ने शर्तमा राष्ट्रपतिमा प्रस्ताव गरेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply