११ फाल्गुन २०७९, बिहीबार ११:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर बढीको गतिमा गाडी–बाइक गुडाउन नपाइने
![उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर बढीको गतिमा गाडी–बाइक गुडाउन नपाइने उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर बढीको गतिमा गाडी–बाइक गुडाउन नपाइने](https://ebudhabar.com/wp-content/uploads/2023/02/1stdaylockdown2ndwavecovid202104290091-1619668113-1024x683.jpg)
११ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकामा अब प्रतिघण्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी–मोटरसाइकल (बाइक) गुडाउन नपाइने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्था समेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।
कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ ।
उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ । तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply