११ फाल्गुन २०७९, बिहीबार ११:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर बढीको गतिमा गाडी–बाइक गुडाउन नपाइने
११ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकामा अब प्रतिघण्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी–मोटरसाइकल (बाइक) गुडाउन नपाइने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्था समेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।
कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ ।
उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ । तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply