१२ फाल्गुन २०७९, शुक्रबार १३:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आगलागीमा परेर दुई जना बालकको मृत्यु
![आगलागीमा परेर दुई जना बालकको मृत्यु आगलागीमा परेर दुई जना बालकको मृत्यु](https://ebudhabar.com/wp-content/uploads/2023/02/hilihang.gif)
१२ फागुन, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ ।
प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको प्रहरीको भनाइ छ । खरले छाएको घरमा आगलागी भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply