१२ फाल्गुन २०७९, शुक्रबार १३:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आगलागीमा परेर दुई जना बालकको मृत्यु
१२ फागुन, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ ।
प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको प्रहरीको भनाइ छ । खरले छाएको घरमा आगलागी भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply