ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ : ओली

१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन, आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ।
उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।
उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए । पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।
अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,उनले भने ।
चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको उनको संकेत थियो । ‘उत्तरतिर बाटो थिएन मैले बाटो खोलिदिएँ, उनले भने, सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन । म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ । अरु सरकार भए संविधान नै संशोधन गरेर यस्तो काम गर्न नसक्ने उनको तर्क थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply