ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ : ओली
१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन, आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ।
उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।
उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए । पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।
अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,उनले भने ।
चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको उनको संकेत थियो । ‘उत्तरतिर बाटो थिएन मैले बाटो खोलिदिएँ, उनले भने, सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन । म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ । अरु सरकार भए संविधान नै संशोधन गरेर यस्तो काम गर्न नसक्ने उनको तर्क थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply