सन्दीपलाई यूएई पठाउन क्यानले थाल्यो प्रक्रिया

१६ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताएका छन्।
सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जानका लागि अनुमति दिएसँगै क्यानले खेलाडी परिवर्तनका लागि प्रक्रिया सुरु गरेको बताएको हो।
सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको छ। आइसीसीले अनुमति दिएमा उनलाई यूएई पठाइने सचिव पाठकले बताए।
सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ। टेक्निकल कमिटीसँग छलफल गरेर सबै प्रक्रिया पूरा भएपछि सन्दीपलाई विदेश पठाइने छ।
अहिले नै कुन खेलाडीलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल नभए पनि सन्दीपलाई पठाउनका लागि मात्र प्रक्रिया सुरु गरेको पाठकले बताए।
विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीपले अदालतमा उपस्थित हुने गरि सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।
सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताए। सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौ।
सन्दीपलाई अमेरिकाबाट क्यानले नै फर्काएको भन्दै सचिव पाठकले उनको भाग्ने कुनै मनसाय नरहेको पनि दावी गरेका छन्। उनले थपे, ‘भाग्ने मनसाय भएको भए सन्दीप त्यसबेला नेपाल आउँदै आउने थिएनन् नि!
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply