सन्दीपलाई यूएई पठाउन क्यानले थाल्यो प्रक्रिया
१६ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रिया सुरु गरेको छ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताएका छन्।
सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जानका लागि अनुमति दिएसँगै क्यानले खेलाडी परिवर्तनका लागि प्रक्रिया सुरु गरेको बताएको हो।
सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको छ। आइसीसीले अनुमति दिएमा उनलाई यूएई पठाइने सचिव पाठकले बताए।
सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ। टेक्निकल कमिटीसँग छलफल गरेर सबै प्रक्रिया पूरा भएपछि सन्दीपलाई विदेश पठाइने छ।
अहिले नै कुन खेलाडीलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल नभए पनि सन्दीपलाई पठाउनका लागि मात्र प्रक्रिया सुरु गरेको पाठकले बताए।
विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीपले अदालतमा उपस्थित हुने गरि सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।
सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताए। सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौ।
सन्दीपलाई अमेरिकाबाट क्यानले नै फर्काएको भन्दै सचिव पाठकले उनको भाग्ने कुनै मनसाय नरहेको पनि दावी गरेका छन्। उनले थपे, ‘भाग्ने मनसाय भएको भए सन्दीप त्यसबेला नेपाल आउँदै आउने थिएनन् नि!
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply