भैंसेपाटी पुगेर ओलीले भेटे वामदेव गौतम

१७ फागुन,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौमा पार्टी छाडेर हिँडेका पूर्व उपाध्यक्ष वामदेव गौतमलाई बुधबार भैंसेपाटी पुगेर भेटेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले पार्टीमा पुराना सहकर्मीसँग व्यक्तिगत भेटघाट भएको जानकारी दिए । ‘उहाँहरु कम्युनिष्ट आन्दोलनका पुराना सहकर्मी र योद्धा हुनुहुन्छ, उनले भने, लामो समय भएको थियो भेट नभएको। पुराना सहकर्मीसँगको यो भेटघाट व्यक्तिगत हो ।
२०७७ माघमै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेर अघि बढेका गौतमले ओलीकै कारण आफूले एमाले छाड्नु परेको बताएका थिए । २०७८ भदौमा औपचारिक रुपमाा एमालेबाट राजीनामा दिएका उनी पछिल्लो समय अन्य दलमा सक्रिय छैनन् ।
उनलाई पार्टीमा भित्र्याउन एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि कोशिस गरेको थियो । तर जनताको बहुदलीय जनवादलाई स्वीकारेर जानुपर्ने अडान गौतमले लिएका थिए । कुनै बेला माओवादीसँग पनि निकट उनी अहिले कुनै ठूला पार्टीमा जान सकेका छैनन् । आफैंले गठन गरेको पार्टीले पनि राम्रो गति लिन सकेकै छैन । अहिले उनी राष्ट्रियसभा सदस्य छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply