पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य

२५ फागुन, काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो।
नेपालले गतवर्ष मार्च २६ मा घरेलु मैदानमा भएको ओडिआइ सिरिजमा पीएनजीलाई नै २७८ रनको विजयी लक्ष्य दिएको थियो।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठूलो साझेदारी हो। यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए।
११० बलको सामना गरेका आशिफ १२ चौका र २ छक्का हान्दै ११० रनमा क्याच आउट भए।
आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पुरा गरे। ३५ औं ओभरको अन्तिम बलमा आशिफले करियरको पहिलो शतक हाने।
पीएनजीसँगकै खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफले पीएनजीविरुद्ध नै करियरको पहिलो शतक हाने।
ओडिआई करिअरको १ हजार रन पूरा गरेका आशिफले इन्टरनेशनल करियरकै पहिलो शतक हाने। समग्रमा आशिफको यो चौथो शतक हो।
उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले शतक हानेका थिए।
पीएनजीसँगको खेलमा नै १ हजार रन पुरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआईमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहित पोडेलले १ हजार रन पुरा गरेका थिए।
अर्का ओपनर कुशल ४५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए।
दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए।
भीम सार्की ४४ रनमा क्याच आउट भए। ३८ बलमा ४ चौका हाने। सोमपाल कामी ४ रनमा नटआउट रहे।
पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन दिए। रिले हेकुरे एक्लैले ३ विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply