पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य
२५ फागुन, काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो।
नेपालले गतवर्ष मार्च २६ मा घरेलु मैदानमा भएको ओडिआइ सिरिजमा पीएनजीलाई नै २७८ रनको विजयी लक्ष्य दिएको थियो।
पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठूलो साझेदारी हो। यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए।
११० बलको सामना गरेका आशिफ १२ चौका र २ छक्का हान्दै ११० रनमा क्याच आउट भए।
आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पुरा गरे। ३५ औं ओभरको अन्तिम बलमा आशिफले करियरको पहिलो शतक हाने।
पीएनजीसँगकै खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफले पीएनजीविरुद्ध नै करियरको पहिलो शतक हाने।
ओडिआई करिअरको १ हजार रन पूरा गरेका आशिफले इन्टरनेशनल करियरकै पहिलो शतक हाने। समग्रमा आशिफको यो चौथो शतक हो।
उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेलले शतक हानेका थिए।
पीएनजीसँगको खेलमा नै १ हजार रन पुरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआईमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहित पोडेलले १ हजार रन पुरा गरेका थिए।
अर्का ओपनर कुशल ४५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए।
दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए। सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए।
भीम सार्की ४४ रनमा क्याच आउट भए। ३८ बलमा ४ चौका हाने। सोमपाल कामी ४ रनमा नटआउट रहे।
पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन दिए। रिले हेकुरे एक्लैले ३ विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply