नगरपालिकाका वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ फागुन,काठमाडौँ । सरकारी रकम हानी–नोक्सानी पुर्याएको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आज (शुक्रबार) वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष मैनालीविरुद्ध ९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् । अख्तियारले मैनालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायँको पनि मागदाबी गरेको छ ।
त्यस्तै अर्का प्रतिवादी गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध जनही ९ लाख ३६ हजार बिगो र मुख्य आरोपित मैनालीलाई मागदाबी गरिएको सजायको आधा सजाय गर्नुपर्ने विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ । मैनालीविरुद्ध वडा नम्बर १० को नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेसन पास गरेको कसुरमा मुद्दा दायर भएको हो ।
मैनालीले राजमार्गसँग जोडिएको जग्गालाई खेतीयोग्य र बाटो नभएको जग्गा उल्लेख गरेर रजिस्ट्रेसन पास गराएको र त्यसबाट सरकारलाई ९ लाख ३६ हजार रुपैयाँ राजस्व हानी नोक्सानी भएको अख्तियारले जनाएको छ । उक्त जग्गा राजमार्गसँग जोडिएको जान्दाजान्दै गौरीकुमारीले खेतीयोग्य र बाटो नभएको उल्लेख गरेर घरबाटो प्रमाणित सिफारिसपत्र लिएकी थिइन् ।
त्यसरी सिफारिस लिएपछि वडाध्यक्षको मिलेमतोमा उनले जग्गा हिराकुमारी श्रेष्ठलाई बकसपत्र लिखत पास गरेर दिएकी थिइन् । गौरीकुमारी र हिराकुमारी श्रेष्ठलाई यो कसुरमा अख्तियारले राजस्व हिनामिना गरेको कसुरको मतियार बनाएको हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply