आगलागी हुँदा एकैघरका दुई बालबालिकाको मृत्यु

२७ फागुन, काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेशकुमार पोदारले जानकारी दिए।
शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको डीएसपी पोदारको भनाई छ।
घरमा अभिभावक नभएको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो, पोदारले भने, बुवाआमा काममा घर बाहिर गएको बेला आगलागी भएछ। छिमेकीले गएर आगो निभाउँदा घरभित्रै मृत्यु भइसकेको अवस्थामा बालबालिकाको शव फेला परेको हो।
आगलागीबाट मगरको घरसमेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply