आगलागी हुँदा एकैघरका दुई बालबालिकाको मृत्यु
२७ फागुन, काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेशकुमार पोदारले जानकारी दिए।
शुक्रबार साँझ घरमा अभिभावक नभएको बेला बिजुली सर्ट भएर आगलागी हुँदा बालबालिकाको मृत्यु भएको डीएसपी पोदारको भनाई छ।
घरमा अभिभावक नभएको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो, पोदारले भने, बुवाआमा काममा घर बाहिर गएको बेला आगलागी भएछ। छिमेकीले गएर आगो निभाउँदा घरभित्रै मृत्यु भइसकेको अवस्थामा बालबालिकाको शव फेला परेको हो।
आगलागीबाट मगरको घरसमेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply