जुम्लाको बाइरॉका र लिताकोटमा मिसन ग्रासरुट

२७ फागुन,जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको १ र ३ नम्बर वडामा नेकपा एमाले को मिसन ग्रासरुट अभियान अन्तर्गत वडास्तरीय भेलाहरू सम्पन्न भएका छन् ।
नेकपा एमाले का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यमा आयोजित ती भेलाहरूमा पार्टी सदस्यता नवीकरण र नयॉ सदस्यता वितरण सुरू गर्नुका साथै अभियानलाई तीब्रता दिन जिम्मेवारी तोकिएको छ ।
वडा नम्बर १ को बाइरेकामा वडा कमिटीका अध्यक्ष कालो कामीको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले गठबन्धन बनाएर एमालेलाई विना गल्तीको सजाय दिन खोजिएको उल्लेख गर्दै न्यायका लागि आफ्नो पार्टी जनताको इजलाशमा आएको बताउनुभयो । उहॉले भन्नुभयो, ‘हामीले बालकोटमा शरणमा आएका प्रचण्डलाई शरण दियौं । बदलामा हामीलाई उनले धोका दिएका छन् । आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गरेर यसको बदला लिनेछ ।
भेलामा जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला कमिटी सदस्य चन्द्रमान बुढा, अमर रोकाया, क्षेत्रबहादुर महत, गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डे, सचिव राजु रावत, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकाया लगायतको उपस्थिति थियो ।
लिताकोटमा ३ नम्बर वडा कमिटी अध्यक्ष मनवीर सार्कीको अध्यक्षतामा भेटघाट आयोजना भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply