जुम्लाको बाइरॉका र लिताकोटमा मिसन ग्रासरुट
२७ फागुन,जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको १ र ३ नम्बर वडामा नेकपा एमाले को मिसन ग्रासरुट अभियान अन्तर्गत वडास्तरीय भेलाहरू सम्पन्न भएका छन् ।
नेकपा एमाले का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यमा आयोजित ती भेलाहरूमा पार्टी सदस्यता नवीकरण र नयॉ सदस्यता वितरण सुरू गर्नुका साथै अभियानलाई तीब्रता दिन जिम्मेवारी तोकिएको छ ।
वडा नम्बर १ को बाइरेकामा वडा कमिटीका अध्यक्ष कालो कामीको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले गठबन्धन बनाएर एमालेलाई विना गल्तीको सजाय दिन खोजिएको उल्लेख गर्दै न्यायका लागि आफ्नो पार्टी जनताको इजलाशमा आएको बताउनुभयो । उहॉले भन्नुभयो, ‘हामीले बालकोटमा शरणमा आएका प्रचण्डलाई शरण दियौं । बदलामा हामीलाई उनले धोका दिएका छन् । आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गरेर यसको बदला लिनेछ ।
भेलामा जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला कमिटी सदस्य चन्द्रमान बुढा, अमर रोकाया, क्षेत्रबहादुर महत, गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डे, सचिव राजु रावत, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकाया लगायतको उपस्थिति थियो ।
लिताकोटमा ३ नम्बर वडा कमिटी अध्यक्ष मनवीर सार्कीको अध्यक्षतामा भेटघाट आयोजना भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply