ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

८ चैत, काठमाडौं । दैलेखका खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ।
ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत–दैलेख सडकखण्डमा बाँकेको नेपालगन्जबाट दैलेखका लागि ग्याल सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरबको ट्रक दुर्घटनामा परेको हो।
उक्त ट्रकले मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको थियो।
प्रहरीका अनुसार सडकबाट एक्कासि सडकको माथिल्लो मोडबाट १५० मिटर तल खसेको छ।
ट्रकमा सवार चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षिराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन्।
साथै सहचालक प्रकाश कुमाई घाइते भएका छन्।
प्रहरीले अहिलेसम्म उनीहरुको ठेगाना भने पत्ता नलागेको जनाएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply