ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
८ चैत, काठमाडौं । दैलेखका खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ।
ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत–दैलेख सडकखण्डमा बाँकेको नेपालगन्जबाट दैलेखका लागि ग्याल सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरबको ट्रक दुर्घटनामा परेको हो।
उक्त ट्रकले मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको थियो।
प्रहरीका अनुसार सडकबाट एक्कासि सडकको माथिल्लो मोडबाट १५० मिटर तल खसेको छ।
ट्रकमा सवार चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षिराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन्।
साथै सहचालक प्रकाश कुमाई घाइते भएका छन्।
प्रहरीले अहिलेसम्म उनीहरुको ठेगाना भने पत्ता नलागेको जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply