क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु । उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएका परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । साथै क्षयरोग विरुद्धको अभियानलाई दातृ निकाय र अन्य सरोकारवालाहरुको सहयोग तथा संलग्नता बढाई क्षयरोगविरुद्धको अभियानमा सहभागी हुनसमेत अपील गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
Leave a Reply