सरकारलाई लिङ्देनको प्रश्न : मुठभेडतर्फ जान खोजेको हो ?

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् ।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन मंगलबार माइतीघर पुगेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध सत्तापक्षका कार्यकर्ताले दुव्र्यवहारको प्रयास गरेको भन्दै त्यस्तो बताएका हुन् ।
माइतीघर पुगेका शाहीलाई मिटरब्याजी पीडितहरुले राजावादीको समर्थन नचाहिने भन्दै नाराबाजी गरेका थिए । ‘एउटा जिम्मेवार दलको जिम्मेवार नेता पीडितहरुसँग ऐकेबद्धता व्यक्त गर्न जाँदा सत्तापक्षका कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो, म त्यसको घोर निन्दा र भत्र्सना गर्दछु, लिङ्देनले सोधे, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजवादी हुने छुट कुनै नागरिकलाई छैन ?
उनले मुठभेड निम्त्याउन अग्रसर नहुन सरकारलाई आग्रह गरे । मिटरब्याजीपीडितको समस्या ढाकछोप नगर्न र समाधान गर्न उनको आग्रह छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply