रविले बुझाए ६ पृष्ठको स्पष्टिकरण, युवराज ‘सफल’ को उजुरी स्वतः खारेज
२२ चैत,काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् ।
आज (बुधबार) मध्यान्हन मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले उक्त स्पष्टीकरण बुझाएका हुन् । रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । यता चितवन–२ को उपनिर्वाचनका उम्मेदवार समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराज पौडेल सफलले दिएको उजुरी स्वतः खारेज भएको छ ।
पौडेलले मंगलबार रविको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply