नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा
२४ चैत, काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा भएका छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।
डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन् । गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए । तीमध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी बनेका छन् । यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । उनीहरुको पदस्थापन पनि भइसकेको छ ।
राई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, थापा प्रशासन विभाग, ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) मा पदस्थापन भएका छन् । द्दआज बढुवा भएका एआईजीहरु कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुने जनाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply