सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडियोमाथि संसदीय छानबिन गर्न माग
२७ चैत, काठमाडौं। सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् ।
श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनािक भएको थियो ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?
सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखे । आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरे ।
सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनको भनाइ छ ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने उनको माग छ ।
त्यसअघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यावसायीसँग दुई करोड माग गरेको सम्बन्धी अडियो प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको बताएका थिए । उनले श्रेष्ठउपर अनुसन्धान सुरु भएको पनि जानकारी गराएका थिए ।
यस घटनाप्रति माफी माग्दै उनले अडियो प्रकरणका सम्बन्धमा तथ्यतथ्य छानबिन हुने बताएका थिए । तर, यस्ता घटना विगतमा पनि भएकाले सबै घटनाहरुको छानविन हुनुपर्ने उनको माग छ ।
‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन्’ प्रमुख सचेतक परियारले भनेका छन्, ‘ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply