२९ चैत्र २०७९, बुधबार ११:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर
२९ चैत, रौतहट । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर ६ जना प्रहरीसहित ७ जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउण्ड हवाईफायर गर्नुको साथै पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झडपमा परेर गरुडा–५ का गजेन्द्र साह गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply