पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार श्रेष्ठ
![पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार श्रेष्ठ पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार श्रेष्ठ](https://ebudhabar.com/wp-content/uploads/2023/04/dhakakumar-shrestha2023-04-12-06-02-22-1024x503.jpeg)
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा न्यायलय गइसकेको बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतबाट क्लिन चिट लिएर अोफू फेरि आउने दाबी गरे ।
उनले अडियो प्रकरणले आफ्नो र पार्टीको मान, प्रतिष्ठामा आँच पुगेको भन्दै क्षमा समेत मागे । भाइरल भएको अडियोले मेरो र पार्टीको प्रतिष्ठामा घात पुगेको छ । यो अडियो अथेन्टिक होइन । ह्वाट्स एपमा गरिएको कुरा रेकर्ड गरिएको भन्ने छ । त्यो सत्य होइन, उनले भने । उनले आफ्नो आवाजलाई तोडमोड गरिएको दाबी गरे ।
उनले पार्टीको निलम्बन गर्ने निर्णयलाई स्वीकार गर्दै न्यायलयबाट आफ्नो कुरा राखेर क्लीन चिट लिएर आउने बताए । उनले उपनिर्वाचनका बेला आएको अडियो प्रकरणलाई केही पनि नभएको र आफूलाई फसाइएको बताए । तर उनी आफैले सुनियोजित योजनाअनुरुप जनवरीको अडियो अहिले सार्वजनिक भएको बताए ।
उपनिर्वाचनलाई लक्षित गरेर रास्वपामाथि प्रहार गरिएको जिकिर गर्दै श्रेष्ठले यसलाई ध्यानमा नराख्न मतदातालाई आग्रह गरे । जनवरी–फेब्रुअरी (पुस–माघ) तिरको घटनालाई अहिले सार्वजनिक गर्नुले पार्टीमाथिको सुनियोजित प्रहारलाई पुष्टि गर्ने उनको तर्क छ ।
‘दाजुभाइ दिदीबहिनीहरुले उपनिर्वाचनमा यो अडियोलाई ध्यानमा नराख्नु होला । यो सुनियोजित रुपमा गरिएको हो । जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले बाहिर ल्याउनु भनेको सुनियोजित किसिमले पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो, श्रेष्ठले भने । उनले न्यायालयबाट क्लिन चिट पाउने दाबी गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply