पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार श्रेष्ठ
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा न्यायलय गइसकेको बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतबाट क्लिन चिट लिएर अोफू फेरि आउने दाबी गरे ।
उनले अडियो प्रकरणले आफ्नो र पार्टीको मान, प्रतिष्ठामा आँच पुगेको भन्दै क्षमा समेत मागे । भाइरल भएको अडियोले मेरो र पार्टीको प्रतिष्ठामा घात पुगेको छ । यो अडियो अथेन्टिक होइन । ह्वाट्स एपमा गरिएको कुरा रेकर्ड गरिएको भन्ने छ । त्यो सत्य होइन, उनले भने । उनले आफ्नो आवाजलाई तोडमोड गरिएको दाबी गरे ।
उनले पार्टीको निलम्बन गर्ने निर्णयलाई स्वीकार गर्दै न्यायलयबाट आफ्नो कुरा राखेर क्लीन चिट लिएर आउने बताए । उनले उपनिर्वाचनका बेला आएको अडियो प्रकरणलाई केही पनि नभएको र आफूलाई फसाइएको बताए । तर उनी आफैले सुनियोजित योजनाअनुरुप जनवरीको अडियो अहिले सार्वजनिक भएको बताए ।
उपनिर्वाचनलाई लक्षित गरेर रास्वपामाथि प्रहार गरिएको जिकिर गर्दै श्रेष्ठले यसलाई ध्यानमा नराख्न मतदातालाई आग्रह गरे । जनवरी–फेब्रुअरी (पुस–माघ) तिरको घटनालाई अहिले सार्वजनिक गर्नुले पार्टीमाथिको सुनियोजित प्रहारलाई पुष्टि गर्ने उनको तर्क छ ।
‘दाजुभाइ दिदीबहिनीहरुले उपनिर्वाचनमा यो अडियोलाई ध्यानमा नराख्नु होला । यो सुनियोजित रुपमा गरिएको हो । जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले बाहिर ल्याउनु भनेको सुनियोजित किसिमले पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो, श्रेष्ठले भने । उनले न्यायालयबाट क्लिन चिट पाउने दाबी गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply