ओलीलाई भेट्न प्रचण्ड–देउवा बालकोटमा जाँदै

४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज (सोमबार) बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण अस्वस्थ भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा आज (सोमबार) छलफल हुँदैछ । प्रधानमन्त्री एवं नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुन लागेको हो ।
बिहान ९ बजे ओलीनिवास बालकोटमा विधेयक अघि बढाउने समझदारीका लागि छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विगत केहि दिनदेखि संवैधानिक परिषदसम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।
संक्रमणकालीन न्यायनिरुपणसम्बन्धी कानुनलाई अन्तिम रुप दिने तयारीका लागि आइतबार बोलाइएको बैठकमा अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले बालकोट जान अस्वीकार गरेपछि बैठक स्थगित भएको थियो । दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएको थियो । तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply