एमाले अध्यक्ष ओलीसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट
६ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेकपा एमालेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।
मंगलबार सुदूरपश्चिमको स्थलमार्ग हुँदै नेपाल आएका उनले काठमाडौं उत्रिएर सोझै राजनीतिक भेटघाट गरेका हुन्। उनी मंगलबार उत्तराखण्डबाट धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए।
सुदूरपश्चिमबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए।
सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।
उनले मंगलबार अन्तिम राजनीतिक भेटका रूपमा काठमाडौंमा पूर्वप्रधानमन्त्री ओलीसँग भेट भएको ट्विटरमार्फत जानकारी दिएका छन्। उनले ओलीसँग नेपालको घतलाग्दा गहिरो राजनीतिलगायतको विषयमा छलफल भएको बताएका छन्।
उक्त भेटमा एमाले अध्यक्ष ओलीका सल्लाहकार विष्णु रिमाल पनि सहभागी थिए।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
Leave a Reply