चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा : चार दलका शीर्ष नेताले सम्वोधन गर्ने
७ वैशाख, काठमाडौँ । वैशाख १० को उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ ।
दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय हुने लागेको । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित अन्य तीन पूर्व प्रधानमन्त्री जाँदैछन् ।
चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन् । चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन् ।
चितवन २ बाट गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए ।
नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकत अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । रविको पद गएसँगै रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चितवन २ मा रविसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी चर्चा रास्वपा, नेकपा एमाले, र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ ।
नागरिकता पुनर्प्राप्तिपछ रविले पुनः यहाँबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply