नापी अधिकृतसहित मालपोत कर्मचारीबिरुद्ध मुद्दा

८ वैशाख,काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट्ने गर्ने नापी र मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले समेत ८ जनाविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ ख,का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी परेको थियो ।
कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने कार्य भएको पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिएका छन् ।
नापी कार्यालय, चाबहिल,काठमाडौंका तत्कालीन प्रमुख महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौं,साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको पाइएको अख्तियारको ठहर छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको कैद र जरिवानाको माग दावी गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिल,काठमाडौंका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय चाबहिलबाट जिल्ला काठमाडौ,साविक मुलपानी १ख किनं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरेको पाइएको छ ।
लिखतहरु मालपोत कार्यालय,चाबहिलमा पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यलाई सहयोग पुर्याइएको सो कार्यालयबाट पेश भएका राजीनामा लिखतहरू पारित गरी गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामक लिखतसमेत तयार गर्ने कार्य गरेको पाइएको प्रवक्ता दाहालले बताए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कैद र जरिवानाको माग गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply