नापी अधिकृतसहित मालपोत कर्मचारीबिरुद्ध मुद्दा
८ वैशाख,काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट्ने गर्ने नापी र मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले समेत ८ जनाविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
साविक गोठाटार र साविक मुलपानी गाविस वडा नं १ ख,का कित्ताहरु काठमाडौं विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी परेको थियो ।
कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने कार्य भएको पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिएका छन् ।
नापी कार्यालय, चाबहिल,काठमाडौंका तत्कालीन प्रमुख महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौं,साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरेको पाइएको अख्तियारको ठहर छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको कैद र जरिवानाको माग दावी गरेको छ । त्यस्तै मालपोत कार्यालय चाबहिल,काठमाडौंका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय चाबहिलबाट जिल्ला काठमाडौ,साविक मुलपानी १ख किनं ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरूको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरेको पाइएको छ ।
लिखतहरु मालपोत कार्यालय,चाबहिलमा पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यलाई सहयोग पुर्याइएको सो कार्यालयबाट पेश भएका राजीनामा लिखतहरू पारित गरी गलत लिखतलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामक लिखतसमेत तयार गर्ने कार्य गरेको पाइएको प्रवक्ता दाहालले बताए । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कैद र जरिवानाको माग गरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply