११ बैशाख २०८०, सोमबार ०२:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एसीसी प्रिमियर कप– आज नेपाल साउदीसँग भिड्दै
११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज सोमबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ।
माथिल्लो मूलपानी मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।
नेपाल आजको खेलमा साउदीलाइ हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ। उता साउदी पनि उपाधि दाबेदार मानिएको नेपाललाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा छ।
समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा चाैथो स्थानमा छ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।
साउदी भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply