अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा
१३ वैशाख, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । ८० वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनेछन् ।
राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदाता समक्ष पुनः अनुरोध गरेका छन् । ह्वाइट हाउसमा पुनः उनी पुगेमा कार्यकालको अन्त्यतिर उनको उमेर ८६ वर्ष हुनेछ ।
आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उनी जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उनको दलले पनि उनको उम्मेदवारीलाई अनुमोदन गर्नेछ । बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।
ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उनले बताएका छन् । एपी
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
Leave a Reply