१५ फाल्गुन २०८०, मंगलवार १०:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
१५ फागुन, काठमाडौं । राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा प्रधानाध्यापक धनीलालसहित भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको आयोगले जनाएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply