कतारलाई नेपालले दियो १५८ रनको लक्ष्य

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समुह चरणको अन्तिम खेलमा नेपालले कतारसामु १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो।
खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए। कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्दततमा ४२ रनमा नटआउट रहे।
सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। अन्तराष्ट्रिय कुनै पनि प्रतियोगिताको उच्च प्रर्दशन गरेका बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए।
त्यसघि कप्तान रोहित पौडेलले २७ रन बनाए। आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो।
२६ बलको सामना गरेका रोहित लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए।
नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए।
भीम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए। गुलसन झा ७ रनमा क्याच आउट भए।
कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply