कतारलाई नेपालले दियो १५८ रनको लक्ष्य
१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समुह चरणको अन्तिम खेलमा नेपालले कतारसामु १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो।
खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए। कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्दततमा ४२ रनमा नटआउट रहे।
सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। अन्तराष्ट्रिय कुनै पनि प्रतियोगिताको उच्च प्रर्दशन गरेका बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए।
त्यसघि कप्तान रोहित पौडेलले २७ रन बनाए। आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो।
२६ बलको सामना गरेका रोहित लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए।
नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए।
भीम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए। गुलसन झा ७ रनमा क्याच आउट भए।
कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply