नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा

१६ वैशाख, काठमाडौँ । एसिया कप खेल्ने सपना पुरा गर्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएइसँग भेट पक्का गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल सोझै एसीसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइस सिस्टमको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो ।
उता यूएईले भने डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । जवाफमा ४३ औ ओभरमा ओमानले ६ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply