नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा
१६ वैशाख, काठमाडौँ । एसिया कप खेल्ने सपना पुरा गर्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएइसँग भेट पक्का गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल सोझै एसीसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइस सिस्टमको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो ।
उता यूएईले भने डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । जवाफमा ४३ औ ओभरमा ओमानले ६ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply