वीर अस्पतालकी नर्स बालाजुमा मृत भेटिइन्

१७ वैशाख, काठमाडौं । काठमाडौंस्थित बोहोराटारको एक घरमा युवतीले आत्महत्या गरेकी छिन् । एक अस्पतालमा कार्यरत नसै ३४ वर्षीया अनुमा श्रेष्ठले डाक्टर सुजन ढकालको बोहोराटारस्थित घरमै पुगेर आत्महत्या गरेका हुन् । प्रहरीकाअनुसार उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । तर, डाक्टर सुजनको परिवारले अनुमालाई अस्वीकार गरेपछि घरमै गएर आत्महत्या गरेकी हुन् ।
प्रहरी वृत्त बालाजुका अनुसार अनुमाले शनिवार अपराह्न ३ः५२ बजे सुजनको घरमा पुगेर आत्महत्या गरेकी हुन् । अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । स्टाफ नर्स अनुमा वीर अस्पतालमा कार्यरत थिइन् भने डाक्टर सुजन कान्ति बाल अस्पतालमा कार्यरत छन् । सोह्रखुट्टेमा कोठा लिएर बसेकी अनुमा बेला बेलामा सुजनको घरमै गएर बस्ने गरेकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुमाले लेखेको डायरीसमेत बरामद गरेको छ । जसमा उनले आफ्नो प्रेम सम्बन्धकाबारेमा लेखेकी छिन् । अनुमाको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरूत्साहन आरोपमा जाहेरी दिने तयारी गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply