वीर अस्पतालकी नर्स बालाजुमा मृत भेटिइन्
१७ वैशाख, काठमाडौं । काठमाडौंस्थित बोहोराटारको एक घरमा युवतीले आत्महत्या गरेकी छिन् । एक अस्पतालमा कार्यरत नसै ३४ वर्षीया अनुमा श्रेष्ठले डाक्टर सुजन ढकालको बोहोराटारस्थित घरमै पुगेर आत्महत्या गरेका हुन् । प्रहरीकाअनुसार उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । तर, डाक्टर सुजनको परिवारले अनुमालाई अस्वीकार गरेपछि घरमै गएर आत्महत्या गरेकी हुन् ।
प्रहरी वृत्त बालाजुका अनुसार अनुमाले शनिवार अपराह्न ३ः५२ बजे सुजनको घरमा पुगेर आत्महत्या गरेकी हुन् । अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । स्टाफ नर्स अनुमा वीर अस्पतालमा कार्यरत थिइन् भने डाक्टर सुजन कान्ति बाल अस्पतालमा कार्यरत छन् । सोह्रखुट्टेमा कोठा लिएर बसेकी अनुमा बेला बेलामा सुजनको घरमै गएर बस्ने गरेकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुमाले लेखेको डायरीसमेत बरामद गरेको छ । जसमा उनले आफ्नो प्रेम सम्बन्धकाबारेमा लेखेकी छिन् । अनुमाको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरूत्साहन आरोपमा जाहेरी दिने तयारी गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply