सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

२१ वैशाख, काठमाडौं ।नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका पुत्र सन्दीप रायमाझीलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
बुधबार साँझ बुटवलबाट पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई तीन म्याद दिएको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको छ।
उनलाई बिहान ७ बजे नै विमानस्थल पुर्याइएको थियो। अहिले काठमाडौं ल्याएर उनलाई अदालतबाट म्याद थपिएको हो।
त्यही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्। अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी भरत विकले बताए।
बुधबार टोपबहादुरले भैरहवाबाट काठमाडौं आउन टिकट काटेका थिए। उनी सभामुख देवराज घिमिरेसँग बुधबार नै काठमाडौं आउने तयारीमा थिए।
तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्। उनले काटिसकेको टिकट पनि रद्द गरेका छन्।उनको फोन अफ रहेको छ भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply